गाैहत्या आराेपमा लमजुङमा दुई पक्राउ

गौहत्या आरोपमा लमजुङ प्रहरीले २ जनालाई पक्राउ गरेको छ । घटनाको २ दिनपछि उनीहरुलाई प्रहरीले पक्रेको हो । राइनास नगरपालिकाका ७ विशालटारका ६३ वर्षीय मुसे सार्की र ५३ वर्षीय भीमबहादुर सार्कीलाई मंगलबार विशालटारबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्पसेक्टर ओमप्रकाश पुनका अनुसार जेठ ४ गते आइतबार उनीहरुले गाई काटेको खुलेको छ ।

मंगलबार घटना बाहिरिएको र स्थानीय सुराकीको आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको उनले बताए । स्थानीयका अनुसार उनीहरुले मासु काटेर सुकुटी बनाएको र सुकुटीको विषयमा झगडा हुन थालेपछि घटना बाहिरिएको हो ।

दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र अनुसन्धान थालिएको छ ।





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार ६:५५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया