सामाजिक सुरक्षा भत्ता लिन बैंक गएका एक वृद्धको मृत्यु भएको छ ।
गंगाजमुना गाउँपालिका–४ ठकुरीडाँडाका ८३ वर्षीय रामबहादुर गुरुङ घरबाट तीन घण्टा टाढाको फुलखर्कस्थित एसबीआई बैंकमा लाइन बसेका बेला बेहोस भएर ढलेका थिए ।
दमका बिरामी उनलाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक दीपक अधिकारीले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।