बाराका संक्रमित भारतबाट आएका

जिल्लाको सिम्रौनगढ नगरपालिकाअन्तर्गत कंकाली माविमा रहेको क्‍वारेन्टाइनका ६ जनामा शुक्रबार कोरोना संक्रमण देखिएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ११ पुगेको छ ।  

जेठ ७ गते क्‍वारेन्टाइनका १ सय ३० जनामध्ये ५० जनाको स्वाब संकलन गरी जाँचका लागि हेटौंडास्थित कीटजन्य अनुसन्धान तथा तालीम केन्द्रमा पठाइएपछि ६ जनामा कोरोना पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले बताए ।

पीसीआर जाँचमा पोजेटिभ देखिएका ती ६ जना भारतबाटै आई क्‍वारेन्टाइनमा थिए । उनीहरु महाराष्ट्र, हरियाणा र दिल्लीबाट आएका हुन् ।

सिम्रौनगढ नगरपालिका ७ का ३८, ४५ र ३४ वर्षीय, वडा ११ भगवानपुर रामनगर टोलका २२ वर्षीय, वडा २ का २५ वर्षीय र वडा १ का २७ वर्षीय पुरुष संक्रमित भएका हुन् ।





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार ६:५८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया