कपिलवस्तुमा वडाध्यक्षलाई कोरोना

पछिल्लो समय नेपालमा कोरोनाभाइरसको ‘हटस्पट’ बनिरहेको कपिलवस्तुमा तीन पत्रकार र एक वडाध्यक्षलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।

शनिबार विहान आएको स्वास्थ्य मन्त्रालयको अपडेटमा रहेका आठ जनामध्ये एक जना पत्रकार र एक जना वडाध्यक्ष रहेको खुलेको हो । शनिबार विहान कपिलवस्तुमा मात्र ८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो । योसँगै अब कपिलवस्तुमा मात्र कोरोनाभाइरस संक्रमितको संख्या ७७ पुगेको छ ।

उनीहरु दुई जनाबाहेक अन्य ६ जना चाहिँ लकडाउनको समयमा नै भातबाट आएको खुलेको छ ।

योसँगै कपिलवस्तुमा एक नर्स, ३ सुरक्षाकर्मी र ३ पत्रकारमा कोरोना पुष्टि भइसकेको छ ।





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार ११:१३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया