Mon, 01 Jun, 2020


३३ चिनियाँ कम्पनीलाई ब्ल्याकलिस्टमा राख्दैछ अमेरिका
फरकधार / जेठ १०, २०७७

अमेरिका र चीनबीच कोरोना संकटको यो समयमा नै तनाव अझ बढ्दै गएको छ । अब अमेरिकाले ३३ चिनियाँ कम्पनीलाई ब्ल्याक लिस्टमा राख्ने तयारी गरेको छ । यी ३३ कम्पनी चिनियाँ सेनासँग जोडिएका र मुस्लिम विगर अल्पसंख्यकमाथि दमन गरिरहेका कम्पनी भएको जनाइएको छ ।



अर्कोतिर अझै पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस चीनको ल्याब बनाइएको हो भन्न छोडेका छैनन् । उनले आफूसँग यसको प्रमाण भएको समेत भनेका छन् ।

चिनियाँ एआइ कम्पनीहरुलाई पनि यो कालो सूचीमा राखिएको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्