चार दिनअघि बेपत्ता युवक मृत भेटिए

गत मंगलबारबाट बेपत्ता भएका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ का युवक ४ दिनपछि मृत फेला परेका छन्। २१ बर्षीय केशव खवासको शव शुक्रवार साँझ मिक्वाखोला र मेरिङ्देन गाउँपालिका बीच भई बग्ने मेवाखोलामा फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक(डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।  

खवास  मेवाखोलामा हामफालेर बेपत्ता भएको प्रहरीलाई जानकारी आएपछि प्रहरीले खोजतलास गरिरहेको थियो।

सोही क्रममा हामफालेको भनिएको स्थान भन्दा करिव २०० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ परिचालित गरिएको समेत डिएसपी श्रेष्ठले जानकारी दिए।





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार ११:३७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया