चितवनमा एकै परिवारका ३ जनामा कोरोना संक्रमण

शनिबार चितवनमा भेटिएका कोरोनाभाइरस संक्रमित युवाको परिवारमा पहिले नै दुई जनालाई कोरोनाभाइरस संक्रमण देखिएको पुष्टि भएको छ । 

शनिबार भरतपुर ६ का एक ५२ वर्षीय पुरुषमा कोरोनाभाइरस देखिएपछि यो खुलेको हो । उनी बिहीबार कोरोनाभाइरस देखिएको एक दम्पतीका छोरा भएको खुलेको छ ।

यो दम्पतीमा पुरुष ७४ वर्षका हुन् र उनी भारतमा फोक्सोको क्यान्सरको उपचारका लागि गएका थिए । त्यहाँबाट फर्किएपछि कोरोना परीक्षण गर्दा उनमा संक्रमण देखिएको हो । उनको छोराको शनिबार आएको रिपोर्टमा पनि कोरोना संक्रमण देखिएको हो ।





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार १५:१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया