राेहिणीमा देखिए काेराेना संक्रमित

रुपन्देहीको रोहिणी गाउँपालिकामा पनि एक जनामा कोभिड–१९ पिसिआर पोजिटिभ देखिएको छ । रोहिणी गाउँपालिकाका ५५ वर्षिय पुरुषमा कोभिड–१९ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

यससँगै रुपन्देहीमा संक्रमित हुनेको संख्या ३७ पुगेको छ । आजै रुपन्देहीको गैडहवा गाउँपालिकामा पनि ७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

रोहिणी गाउँपालिकामै पहिलो संक्रमित देखि पछि स्थानीयमा त्रास देखिएको छ । यता रोहिणी गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै स्थानीयहरुलाई नआत्तिन अनुरोध गरेको छ । संक्रमित ब्यक्ति दिल्लीबाट सिधै धकधईको रामनरेश माध्यमिक धकधईमा रहेको क्वारेन्टिनमा बसेकाले गाउँपालिकाले सर्वसाधारणलाई नआत्तिन अपिल गरेको छ ।

रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तीमा गाउँपालिकावासीलाई अझै बढी सतर्क हुन अनुरोध गरेको छ । यसको विकल्प भनेको लकडाउनको प्रभावकारी कार्यान्वयन भै रहेको हुँदा सबैलाई लकडाउनको पालना गर्न गाउँपालिकाले अनुरोध गरेको छ । 





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार १५:११:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया