सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दै छ ।
सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा सुरु हुने जनाइएको छ ।
बैठकमा पार्टीभित्रका विभिन्न राजनीतिक विषयसँगै हालै मात्र सरकारले जारी गरेको नेपालको नयाँ नक्सासहितका विषयमा छलफल हुने एक सचिवालय सदस्यले फरकधारलाई जानकारी दिएका छन् ।
त्यसैगरी बैठकमा आउँदो आर्थिक वर्षका लागि सरकारले ल्याउन लागेको बजेट, नेपालले नयाँ नक्सा जारी गरिसकेपछि उत्पन्न भारतसँगको सम्बन्ध, अमेरिकी सहयोग एमसिसीलगायतका विषयमा छलफल हुने सम्भावना रहेको ती नेताले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।