चीनमा पहिलो पटक कोरोना संक्रमणको संख्या शून्य

कोरोना महामारी फैलिन थालेपछि चीनमा पहिलो पटक कुनै एक दिनमा एक जना पनि कोरोनाभाइरस संक्रमित नभेटिएको पहिलो दिन आज हो । चीनमा पछिल्लो २४ घन्टामा एक जनामा पनि कोरोनाभाइरस संक्रमित भेटिएका छैनन् ।

गत वर्षको अन्त्यमा चीनमा पहिलो पटक वुहान सहरमा मानिसमा कोरोनाभाइरस देखिएको थियो । केही महिनामा नै विश्वभर फैलिएको यो भाइरसका कारण अब चीनमा शनिबार एक जना पनि संक्रमित भएनन् ।

मार्च महिनामा पनि चीनमा नयाँ संक्रमितको संख्या निकै घटेको थियो । यसको कारण त्यहाँ लकडाउनको सख्त पालना हो भनिएको छ ।

चीनकै समुदायमा कोरोनाभाइरस संक्रमित नभेटिए पनि बाहिर विदेशबाट आएकाहरुमा संक्रमण देखिइरहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

त्यसो त यही महिना वुहानमा फेरि संक्रमित भेटिएका थिए । वुहानमा लगाइएको लकडाउन चाहिँ ८ अप्रिलबाट नै हटाइ सकिएको छ ।





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार १६:४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया