प्रवासी मजदूरका ‘भगवान’ सोनु सुद, अब ‘महाराष्ट्रका मुख्यमन्त्री’

भारतमा कोरोनाभाइरस नियन्त्रणका लागि लगाइएको लकडाउन पछि बलिउड अभिनेता सोनु सुद लकडाउनका कारण फँसेका मजदूरलाई घर पुर्याउन मात्र तल्लिन छैनन्, खान नपाएकाहरुलाई खाने कुराको प्रबन्ध पनि मिलाइरहेका छन् ।

उनले गरेको यो कामको तारिफ पनि निकैले गरेका छन् । त्यसैले हुनुपर्छ, भारतमा ट्विटरमा सोनुसुद ट्याग ट्विटरमा सबैभन्दा माथि आएको छ । र, उनलाई मानिसहरु सबैले लकडाउनका हिरो भन्न थालेका छन् ।

समाचार एजेन्सी पिटिआइलाई केही दिनअघि दिएको एक अन्तर्वार्तामा उनले भनेका थिए कि उनी जुनसुकै हालतमा पनि मजदूरलाई सहयोग गर्नेछन् । उनले मजदूरको दुःख आफूले देख्न नसकेको पनि बताएका थिए । 

त्यही भएर हुनुपर्छ, अब ट्विटरमा उनको निकै प्रशंसा मात्र गरिएको छैन, उनको खोजी पनि बढ्न थालेको छ ।

उत्तर प्रदेश सरकारसँग अनुमति लिएर सोनुले यो काम सुरु गरेका थिए । उनले मजदूरहरुका लागि बसको व्यवस्था मात्र गरेनन्, उनले यसको संकल्प पनि लिए । 

४६ वर्षका सोनुले उत्तर प्रदेश, बिहार, झारखण्ड, कर्नाटकलगायतका राज्यमा मजदूरहरुलाई जान सहयोग पनि गरे । 



यतिमात्र होइन, उनले चिकित्सकहरुका लागि १५ सयभन्दा धेरै पिपिई पनि दान गरेका छन् । उनले मुम्बईको आफ्नो होटलमा चिकित्सकहरुलाई राखेका छन् । 

त्यसैले हुनुपर्छ, फिल्महरूमा खलनायकको भूमिका निर्वाह गर्ने सोनुलाई असल जीवनमा मानिसहरुले भनिरहेका छन्– मजदूरका भगवान, जीवनका खास हिरो । 



यतिमात्र होइन, कतिले त उनलाई अबका महाराष्ट्रका मुख्यमन्त्री समेत बनाउनु पर्ने माग राखेका छन् ।

 

  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार १६:१७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया