सलमानका कोस्टार मोहितको क्यान्सरका कारण निधन

बलिउड अभिनेता सलमान खानसँग फिल्म रेडीमा काम गरेका अभिनेता मोहित बघेलको निधन भएको छ । मोहित २७ वर्षका मात्र थिए । उनलाई क्यान्सर भएको थियो । निर्देशक राज शान्डिल्य तथा परणिती चोपडाले मोहितको निधनमा दुःख व्यक्त गरेका छन् ।

फिल्म ड्रिम गर्लका निर्देशक राजले ट्विट गर्दै मोहितलाई गुमाउनु ठूलो दुःख भएको र अभिनयको क्षेत्रमा उनको नाम सधैं लेखिने बताएका छन् । 

मोहितको केमोथेरापी १४ मेमा भएको थियो । शनिबार उनको निधन भएको हो । उनलाई आफूले काम गरेका अत्यन्त राम्रा मानिसमा एक भएको परिणिती चोपडाले उल्लेख गरेकी छिन् ।





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार १७:४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया