भारतबाट २ सय १७ जना धादिङ आइपुगे

धादिङ घर भएर रोजगारीका क्रममा भारतमा रहेका २१७ जना शनिबार बिहान धादिङ आइपुगेका छन् । आइतबार बेलुकी सुनौली नाकाबाट १३३ जना र रुपन्देही जिल्लाको बिभिन्न क्वारेन्टाइनबाट ८४ जना शनिबार बिहान धादिङ आइपुगेका हुन ।

रुपन्देही जिल्लाका क्वारेन्टाइनमा रहेका ८८ जनालाई लिन नीलकण्ठ नगरपालिकाले चारवटा बस पठाएको थियो भने सुनौली नाकाबाट १३३ जना आफ्नै खर्चमा आएका हुन् ।

भारतको विभिन्न स्थानबाट सुनौली नाका आएका हजारौं नेपालीहरु सीमामा अलपत्र पर्ने क्रम बढ्न थालेपछि रुपन्देही जिल्ला प्रशासन कार्यालयले सम्वन्धित जिल्ला प्रशासन संग समन्वय गरेर उनीहरुलाई आआफ्नो जिल्ला पठाएको हो ।

सुनौलीबाट काठमाडौ आएको बसमा बिहीबार ३ जना र शुक्रबार ३ जना गरी ६ जना नेत्रावती डबजोङका नागरिकहरु आएको र उनीहरुलाई मलेखुबाट सिधै नेत्रावती डबजोङ गाउँपालिकाले गाउँ पु¥याएको गाउँपालिका अध्यक्ष दुर्गकुमार शाक्यले बताए ।





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार १७:१४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया