पूर्वयुवराज पारस शाह चढेको गाडी मध्यरातमा दुर्घटना, चालक प्रहरी नियन्त्रणमा
फाइल तस्वीर ।

पूर्वयुवराज पारस शाह चढेको गाडी शुक्रबार राति पोखरामा दुर्घटनामा परेको छ । 

गाडीले पृथ्वीचोकमा एउटा गोरुलाई ठक्कर दिएको थियो । घटनामा गोरुको निधन भएको कास्की प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिएअनुसार गाडी पारस शाहलाई लिएर अस्पताल जाँदै थियो । गाडी उनका चालक नभइ अर्कै चालकले चलाएको उनले बताएका छन् ।

बा १४ च २१३१ नम्बरको गाडीले मध्यरातमा गोरुलाई ठक्कर दिएको र गाडी पनि अनियन्त्रित भएको उनले जानकारी दिएका छन् ।

गाडीमा पारससँगै अरु दुई जना थिए । पारसको छातीमा समस्या आएकाले उनीहरु अस्पताल जान लागेको बताइएको छ । 

प्रहरीले दुर्घटनापछि चालकलाई नियन्त्रणमा लिएको छ । उनीमाथि आवश्यक कारवाही अगाडि बढ्ने बताइएको छ । 



पूर्वयुवराज पारस शाह झन्डै नौ महिनापछि पोखरमा बस्दै आएका छन् । केही समयअघि उनको हृदयघात भएको हल्ला चलेको थियो । तर, यसको प्रष्टीकरण दिन उनी आफैं फेसबुकमा लाइभ आएका थिए । 

केही दिनअघि उनले पोखरामा राहत वितरण गरेका पनि थिए ।



  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार १७:२०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया