विश्व महामारी कोरोनाभाइरसको उपचारका लागि अहिले विश्वका विभिन्न देश भ्याक्सिन बनाउन खोजिरहेका छन् । कोरोनाको औषधीमाथि पनि विभिन्न देशमा काम गरिरहेका छन् ।
यही सूचीमा अहिले भारत पनि परेको छ । अर्थात्, भारतमा पनि कोरोनाको भ्याक्सिन बनाउन खोजिएको छ । तर, विशेषज्ञहरूले भारतमा कोरोनाभाइरसविरुद्धको भ्याक्सिन बनाउन कम्तिमा पनि एक वर्ष लाग्ने बताएका छन् ।
अहिले सुरुवाती स्तरमा काम भइरहेको र यसका लागि केही समय लाग्ने उनीहरुले बताएका हुन् ।
यसका लागि भारतको केन्द्र सरकार र निजी कम्पनीहरुले काम गरिरहेका छन् । कोरोनाभाइरसको भ्याक्सिन बनाउनका लागि भारतको केन्द्र सरकारले १०० करोड भारतीय रुपैयाँ छुट्याएको पनि छ ।
एशियामा कोरोनाभाइरसका कारण सबैभन्दा प्रभावित देश अब भारत बनेको छ । भारतमा एक लाख २७ हजारभन्दा धेरैमा कोरोनाभाइरस संक्रमण देखिएको छ भने कोभिड १९ का ३ हजार ७ सयभन्दा धेरैले ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।