बैतडीमा छन् हजारभन्दा बढी क्वारेन्टाइनमा, सबै जोखिममा

बैतडीमा चार जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै बैतडीका विभिन्न क्वारेन्टाइनमा रहेकाहरूमा कोरोनाभाइरस संक्रमण हुनसक्ने जोखिम बढेको छ । 

भारतबाट गौरीफन्टा नाका हुँदै संक्रमितसँग आएकाहरु धेरैजसो नै क्वारेन्टाइनमा भएकाले यो जोखिम बढेको हो । 

तर, उनीहरुको अहिलेसम्म पिसिआर प्रविधिबाट कोरोनाभाइरस परीक्षण हुन सकेको छैन । उनीहरु भारतबाट जोसँग नेपाल प्रवेश गरेका थिए, उनीहरुमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि उनीहरुमा त्रास बढेको स्थानीय अधिकारीहरुले बताएका छन् । 

बैतडीमा कम्तिमा पनि एक हजार चार सय १४ जना क्वारेन्टाइनमा रहेको बताइएको छ । उनीहरु सबै भारतबाट नेपाल आएका हुन् ।





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार १८:५१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया