डडेलधुराका संक्रमित: स्क्रब टाइफसकाे उपचार गराउन आएका थिए, काेराेना संक्रमण देखियाे

कोरोना भाइरस पोजेटिभ देखिएका डडेल्धुराका एक व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ । कोरोना संक्रमण पुष्टि भएका उनी डडेल्धुरा सदरमुकामस्थित कार्यालयमा कार्यरत छन् ।

उनी डडेल्धुरा अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका थिए । स्क्रब टाइफसको परीक्षणपछि उनी औषधि लिएर घर गएका थिए । उनको स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । नमुना परीक्षणमा उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।  

संक्रमितसँग सम्पर्कमा आएका कर्मचारी, सञ्चारकर्मी, होटेल सञ्चालक र डडेल्धुरा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीसहित एक सय ५० जनाको स्वाब परीक्षण गरिएको छ भने २० जनाको आरडिटी परीक्षण गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए । साथै चिकित्सकसहित सातजनालाई आइसोलेसनमा राखिएको उनले जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार १९:६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया