सुर्खेतका तीनै संक्रमित भारतबाट आएका

सुर्खेतमा शनिबार कोरोनाभाइरस संक्रमण पुष्टि भएका तीन जना नै भारतबाट आएको पाइएको छ । संक्रमितमध्ये चौकुने गाउँपालिकाका ३२ वर्षका युवक भारतको मुम्बईबाट आएका थिए । अन्य दुई २५ वर्षका युवक र २२ वर्षीया महिला भारतको राजधानी नयाँ दिल्लीबाट आएका थिए ।

चौकुनेका युवक गोरेगाउँमा रहेको एक रेष्टुरेन्टमा काम गर्ने गरेको खुलेको छ । उनी २ जेठमा एउटा ट्रक चढेर नेपाल आएका थिए । उनीसँगै चौकुने र पन्चपुरी नगरपालिकाका कम्तिमा पनि ६५ जना त्यही ट्रकमा थिए ।

उनीहरु भारतले सीमामा बनाएको क्वारेन्टाइनमा सँगै बसेका थिए ।

बिहीबार भारतीय सीमाबाट भित्रिएका कर्णालीका नागरिकहरुलाई बबईमा र्या पिड डायग्नोस्टिक टेस्ट (आरडीटी) टेष्ट गरिएको थियो । सात सय ४० जनाको आरडिटी गरिएकोमा १५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

तिनै १५ जनाको कोरोनाभाइरसको पिसिआर प्रविधिबाट टेस्ट गरिएको थियो । पिसिआरमा ३ जनालाई कोरोनाभाइरस भएको पुष्टि भएको हो ।

बराहतालका २५ वर्षीय युवक र २२ वर्षीया महिला भारतको राजधानी दिल्लीबाट आएका हुन् । दुबै श्रीमान–श्रीमती हुन् । दुबै जनालाई कोरोना पोजेटिभ देखिएपनि सँगै रहेकी चार वर्षीया छोरीमा कोरोना देखिएको छैन् ।





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार १९:१५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया