सुदूरपश्चिममा ह्वात्तै बढेकाे काेराेना जाेखिम

चैतको तेस्रोसाता कैलाली र कञ्चनपुरका पाँच जनामा नोवेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिदा सुदूरपश्चिम प्रदेशभर सन्त्रास बढ्यो । भारतबाट करिब डेढलाख नेपाली भित्रिएका थिए । उनीहरु स्वास्थ्य परीक्षणबिना गाउँगाउँ पसेका थिए । जसको जोखिमले जनस्तर त्राहिमाम थियो ।

त्यो त्रास एकमहिना टिकेन् । वैशाख २६ गते धनगढीकी ३४ वर्षिया दीपा शाही अन्तिम व्यक्तीका रुपमा संक्रमणमूक्त भएर घर फर्कदा सिङ्गो प्रदेश ‘कोरोनामुक्त’ भएको भन्दै खुसीयाली मनाइयो । त्यसपछि धेरैले सुदूरपश्चिममा ‘लकडाउन’को औचित्य समाप्त भएको भनेर टिप्पणी गर्न थालेका थिए ।

यो अवस्थामा पनि केही दिनयता उलटफेर भएको छ । फेरी प्रदेशका नौजनामा संक्रमण देखिएको छ । त्यो पनि पहाड(बैतडी र डडेल्धुरा) र तराई(कैलाली) दुबैमा ।  

संक्रमणमात्रै देखिएको छैन् । व्यापक संक्रमण फैलिएको भारतबाट फेरी हज्जारौं नेपाली नेपाल प्रवेश गरिसकेका छन् । जसले सुदूरपश्चिम प्रदेशमा जोखिम ह्वात्तै बढाएको छ । ‘अब त हामी निकै ठुलो जोखिममा छौ’ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा. गुणराज अवस्थीले भने,‘भारतका गाउँगाउँ, टोलटोलसम्म कोरोना फैलिएको छ । जहाँबाट हज्जारौं नेपाली आउनुभएको छ । निकै गाह्रो छ ।’

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार पछिल्लो शुक्रबारसम्म मात्रै गौरिफण्टा नाकाबाट छ हजार दुईसय ४८ जना भित्रिएका छन् । यस्तै कञ्चनपुरका विभिन्न नाकाहरूबाट करिब १२ सय जना अवैध तवरबाट नेपाल भित्रिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । खुल्ला सीमा भएकाले सीमाका जिल्लाहरूबाट अवैध रुपमा भित्रिनेहरुको संख्या पनि व्यापक छ ।  





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार २०:७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया