अमेरिकी वरिष्ठ चिकित्सकले भने– अरुलाई बचाउन मास्क लगाइदिनुस्

सर्जन जेरोम अदाम्स अमेरिकाका वरिष्ठ चिकित्सक हुन् । अब उनी ट्विटरमा आएर कोरोनाभाइरसबारे आफूलाई लागेका तर्कहरु सेयर गरिरहेका छन् । 

उनले पछिल्लो समय भएको मास्क लगाउने विषयको कन्फ्युजनलाई हटाउन भनेका छन्– मास्क लगाउनुहोस् ।

‘मास्क लगाउनु जहिले पनि तपाईंको छिमेकीलाई बचाउनु हो, आफूलाई भन्दा पनि,’ उनले ट्विटरमा लेखेका छन् ।

उनले जति मानिसहरुले मास्क लगाउँछन्, उनीहरुले निश्चित क्षेत्रमा कोभिड १९ संक्रमण फैलाउने सम्भावना कम हुने पनि बताएका छन् । ‘जे तपाईंको छिमेकीलाई फाइदाजनक हो,’ उनले भनेका छन्, ‘तपाईंलाई पनि हो ।’ 

२ वर्षभन्दा माथिका मानिसले मास्क लगाउनु सुरक्षित हुने र आफूले अपरेसन थिएटरमा सधैं मास्क लगाउने उनले बताएका छन् ।





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार २२:५१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया