बाँकेमा पनि देखियो प्रहरीलाई कोरोना

बाँकेमा शनिबार कोरोनाभाइरस पुष्टि भएका २७ जनामध्ये एक जना प्रहरी जवान पनि रहेको खुलेको छ । बाँकेमा सुरक्षाकर्मीमा पहिलो पटक कोरोनाभाइरस संक्रमण देखिएको हो । 

नरैनापुर गाउँपालिकाकै कालाफाटा चौकीमा कार्यरत प्रहरी जवानलाई कोरोनाभाइरस संक्रमण देखिएको बताइएको छ ।

त्यहाँको चौकीका प्रहरीलाई कोरोनाभाइरस संक्रमण देखिएपछि चौकी सिल गरिएको छ ।

योसँगै नेपालमा १४ जना सुरक्षाकर्मीमा कोरोनाभाइरस संक्रमण देखिएको छ । बाँकेका यी संक्रमित प्रहरी जवानलाई नेपालगन्जमा राखिने तयारी गरिएको छ ।

चौकीका अन्य प्रहरी र कर्मचारीको परीक्षण गर्ने तयारी पनि सुरु भएको छ ।





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार १:७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया