काेभिड १९ का कारण विदेशमा ज्यान गुमाउने नेपाली श्रमिक १०

कोरोना भाइरसका कारण वैदेशिक रोजगारीका क्रममा अहिलेसम्म १० जना नेपाली श्रमिकले ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगार बोर्डका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा गएकामध्ये १० जनाको कोभिड १९ बाट सङ्क्रमित भएर मृत्यु भएको हो । नेपाल सरकारले लकडाउन सुरु गरेदेखि विदेशमा मृत्यु भएका २०७ जना श्रमिकमध्ये १० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जनाएको हो ।

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले नेपालमा लकडाउन सुरु भएदेखि अहिलेसम्म वैदेशिक रोजगारीमा रहेका १० जनाको कोभिड १९ कारण ज्यान गएको आधिकारिक जानकारी आएको बताएका छन् । जसमा संयुक्त अरब इमिरेट्स (यूएई)मा पाँच जना, साउदी अरेबियामा तीन जना, कतार र टर्कीमा एक/एक जना छन् ।

श्रेष्ठले कोभिड १९ कारण ज्यान गुमाएका सबैको परिवारसँग सहमति लिएर सम्बन्धित देशमा शवको अन्त्येष्टि गरिएको जानकारी पनि दिएका छन् ।





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार १:२३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया