स्पेनमा ला लिगा ८ जुनबाट हुनपाउने

स्पेनिस प्रधानमन्त्री पेद्रो सान्चेजले स्पेनको सबैभन्दा ठूलो फुटबल लिग ला लिगा अब ८ जुनबाट सुरु गर्न सकिने बताएका छन् । तर, ला लिगाका खेलहरु खाली रंगशालामा खेलाइनु पर्ने सर्त छ ।

यसका साथै यो लिगका अध्यक्ष जाभियर टेबासले स्पेनको फुटबल ढिलोमा पनि १२ जुनबाट सुरु गर्ने बताएका छन् ।

ला लिगाका खेलाडीहरुले यो साताबाट नै अभ्यास सुरु गरेका छन् । तर, अभ्यासका क्रममा उनीहरु १० जनाभन्दा बढीको समूहमा रहेका छैनन् । 

‘अब स्पेन खुल्नुपर्छ, अनि हामी दैनिक क्रियाकलापमा फर्किने समय आएको छ,’ सान्चेजले भनेका छन् । उनले स्पेनिस फुटबल अब मनोरन्जनका लागि मात्र फर्किन नलागेको पनि बताएका छन् । 

उनको यो घोषणालाई स्पेनका खेलकुदसँग सम्बन्धित अधिकारीहरुले स्वागत गरेका छन् ।

स्पेनमा १२ मार्चदेखि फुटबलका खेलहरु स्थगित गरिएका थिए ।



अब यो सिजनका लागि ला लिगाका ११ खेल खेल्न बाँकी छन् । अहिले अंक तालिकाको शीर्ष स्थानमा बार्सिलोना छ । रियल मड्रिड चाहिँ २ अंकले मात्र बार्सिलोनाभन्दा पछाडि छ ।



  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार २:२४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया