कालिमाटी महिला सेलका १८ जनाको रिपोर्ट नेगेटिभ

कालिमाटीमा रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक केन्द्र (महिला सेल)मा कार्यरत १८ प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोनाभाइरस संक्रमण देखिएपछि त्यहाँका सबैको परीक्षण गरिएको थियो । बुधबार नै कालिमाटी प्रहरी चौकी सिल पनि गरिएको थियो ।

त्यहाँ सबै युनिटमा दुई सय जना प्रहरी कार्यरत छन् । १८ जनाको रिपोर्ट नेगेटिभ आएसँगै अब त्यहाँका अन्यको परीक्षण आज (आइतबार) गर्ने तयारी छ ।





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार ४:४९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया