कुन प्रदेशमा कति छन् आइसाेलेसन बेड र सक्रिय काेराेनाभाइरस संक्रमित ?

नेपाल सरकारले विभिन्न प्रदेशमा कोरोनाभाइरस संक्रमणबाट लड्नका लागि बनाएका आइसोलेसन अस्पताल र बेडहरु अब अपुग हुने देखिएको छ । पछिल्लो समय दैनिक कम्तिमा पनि ३० जना कोरोनाभाइरस संक्रमित भेटिन थालेपछि यस्तो अवस्था आउन लागेको हो ।

यस्तो अवस्था आउनुअघि नै केही प्रदेशहरुमा क्वारेन्टाइन र आइसोलेसन बेड थप्ने तयारी पनि गरिएको छ । 

शुक्रबारको तथ्यांकअनुसार अब प्रदेश १ मा ६० जना सक्रिय कोरोनाभाइरस संक्रमित छन् । यो प्रदेशमा २८२ आइसोलेसन बेड छन् । प्रदेशमा अहिलेसम्म २३ जनाले कोरोनालाई जितिसकेका छन् ।

तर, प्रदेश २ मा शुक्रबारको अन्तिम तथ्यांकअनुसार एक्टिभ केसहरु १ सय ६६ छन् । तर, त्यहाँ आइसोलेसन बेडको संख्या जम्मा १ सय ४४ छ । यसले गर्दा त्यहाँ थप कोरोना संक्रमितलाई के गर्ने भन्ने अन्योल हुन थालेको छ ।

बागमती प्रदेशमा भने सरकारले ४ सय ७३ आइसोलेसन बेडको तयारी गरेको छ । अहिले बागमती प्रदेशमा २२ जनामा एक्टिभ कोरोनाभाइरस संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशमा पनि ३ जनामात्र सक्रिय संक्रमित छन् । त्यहाँ ११९ आइसोलेसन बेडको तयारी छ ।



तर, कोरोनाको हटस्पट बनेको प्रदेश ५ पनि समस्या हुने देखिएको छ । प्रदेशमा अहिले २ सय ४७ जना सक्रिय संक्रमित छन् । त्यहाँ आइसोलेसन बेडको संख्या २ सय ६१ छ । 

कर्णालीमा शुक्रबार ३ जना थपिएसँगै ४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा २ सय १० आइसोलेसन बेड रहेका छन् । 



सुदूरपश्चिममा फेरि कोरोनाभाइरस संक्रमति भेटिन थालेका छन् । अब सुदूरपश्चिममा ९ जनामा सक्रिय भाइरस छ । सुदूरपश्चिममा १ सय ३९ आइसोलेसन बेडको व्यवस्था छ ।

  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार ६:१०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया