यसअघि वीरगन्जमा जस्तै प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराइरहेका एक कोरोनाभाइरस संक्रमित आइसोलेसनबाट भागेका छन् ।
आइतबार विहान उनी भागेको धनुषा प्रहरीले जनाएको छ ।
अब प्रहरीले उनको खोजी सुरु गरिसकेको छ । आइसोलेसनबाट भागेका सर्लाहीका ४० वर्षका कोरोनाभाइरस संक्रमित हुन् ।
अहिले यो अस्पतालमा ४० जनाभन्दा बढी कोरोनाभाइरस संक्रमित उपचार गराइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।