पछिल्लो समय भारतबाट आउने मानिसको संख्या ह्वात्तै बढेसँगै रौतहटका क्वारेन्टाइन भरिएका छन् ।
२६ ठाउँमा क्वारेन्टाइन बनाइएको रौतहटमा अब झन्डै ३ हजार नेपाली क्वारेन्टाइनमा बसेका छन् ।
रौतहटको मौलापुर नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टिनमा २८ जना, गुजरा नपामा ५६ जना, चन्द्रपुर नपामा ७३ जना, वृन्दावन र गढीमाई नपामा गरी १२५ जना, माधव नारायण नपामा ४८ जना, गौर नपामा १०४ जना, राजदेवी नपामा ६२ जना, परोहा नपामा १५० जना, ईशनाथ नपामा ७०० जना, राजपुर नपामा ६८१ जना, देवाही गोनाही नपामा २७१ जना, बौधीमाई नपामा ५८ जना, कटहरिया नपामा १०२ जना, फतुवा विजयपुर नपामा १० जना, गरुडा नपामा ५३ जना तथा यमुनामाई गाउँपालिकामा ६४ र दुर्गा भगवती गाउँपालिकामा ३३ जना छन् ।
देवाही गोनाही नगरपालिकाको धरहरीमा रहेको जय किसान पोलिटेक्निकल इन्स्टिच्युट क्वारेन्टिनमा नौ जना पाकिस्तानी पनि रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । क्वारेन्टाइमा बढ्दो चापलाई विचार गर्दै ५०० बेडको आइसोलेसन निर्माणको गृहकार्य भइरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । जिल्लामा हाल ४० बेडको आइसोलेसन बेड रहेको छ । आइसोलेसनमा एक महिलासहित १८ जना रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।