काेराेनाबारे भ्रम फैलाएकाे आराेपमा रिजाल पक्राउ

पूर्वसांसद एवं सत्तारुढ नेकपाका नेता अनन्त पौडेल र कोरोना संक्रमित उनकी श्रीमतीका विषयमा सामाजिक सञ्जालमा भ्रामक प्रचार गरेको आरोपमा मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नेता पौडेलका विषयमा सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा बाराको निजगढ नगरपालिका- १२ रतनपुर घर भएका नितेश रिजाललाई प्रहरीले पक्राउ गरेको हो। रिजाललाई वडा प्रहरी कार्यालय हेटौँडाको टोलीले हेटौँडा-५ भैरवरोडबाट आइतबार पक्राउ गरेको हो ।

रिजालले शनिबार सामाजिक सञ्जाल फेसबुकमा हेटौँडा-३ की कोरोना संक्रमित महिला पूर्वसांसद पौडेलकी श्रीमती भएको भन्दै घरमा क्यानडाबाट आएको छोरीले पार्टी दिएको स्ट्याटस पोष्ट गरेका थिए । राससकाे समाचारअनुसार रिजालमाथि प्रहरीले छानबिन सुरु गरेकाे छ । 

‘सूर्यले हेटौँडा डुबाउँदैछ’ भन्ने अफवाह फैलाउने भ्रामक भिडियो पोष्ट गरेको कारण उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रिजाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार १४:८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया