हङकङमा प्रस्तावित नयाँ सुरक्षा कानुनको विरोधमा आइतबार सयौँ मानिसहरुले सडकमा निस्किएर प्रदर्शन गरेका छन् ।
प्रहरीले लोकतन्त्र समर्थक प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अश्रुग्याँसको प्रयोग गर्नु परेको थियो । चीनको योजना हङकङमा नयाँ सुरक्षा लागु गर्ने छ जसको त्यहाँ निकै विरोध सुरु हुन थालेको छ ।
प्रदर्शन बढ्दै गएपछि हङकङका सरकारी कार्यालयहरुमा व्यापक मात्रामा सुरक्षाकर्मी राखिएको छ ।
आइतबार त्यहाँ सडकमा सयौँ प्रदर्शनकारी सडकमा निस्किएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।