६ सय नाघ्यो नेपालमा कोरोनाभाइरस संक्रमित संख्या, ८७ जना निको भए

नेपालमा अब कोरोनाभाइरस संक्रमितको संख्या ६ सय ३ पुगेको छ । आइतबार नेपालमा थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या ६ सय नाघेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार आज मोरङ बारादशी ३ का ४५ वर्षका पुरुषमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

त्यस्तै, बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार नै रुपन्देहीको समरिमाई(५ का ४० र ५० वर्षीय पुरुष, रुपन्देही १ का ३२ वर्षीय पुरुषको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । यस्तै गैडाहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय पुरुष तथा कपिलवस्तुका का ३५, ३७ र ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ पुरुष र गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको उनले बताएका छन् । 

नेपालमा आज थप १७ जनाले कोरोनाभाइरस संक्रमणलाई जितेका छन् । योसँगै नेपालमा ठिक हुने कोरोना संक्रमितको संख्या ८७ जना पुगेका छन् ।





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार १७:३८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया