नेपालको ‘हटस्पट’ नरैनापुर सिल गरिने, सेना परिचालन गरिने

दैनिक उल्लेख्य संख्यामा कोरोनाभाइरस संक्रमित भेटिए पनि कोरोनाभाइरस संक्रमित भाग्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । 

जिल्ला सुरक्षा समितिको बैठकले आज राति ८ बजेबाट निषेधित क्षेत्र घोषणा लागु हुने र नेपाली सेना पनि त्यहाँ परिचालन गर्ने निर्णय गरेको हो ।

भारतसँग सीमा जोडिएको नरैनापुरमा अहिलेसम्म १ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यहाँ एक क्वारेन्टाइनमा २५ वर्षका एक युवाको निधन पनि भएको छ । 

त्यहाँका स्थानीयहरुले पनि स्थानीय तथा जिल्लासँग सेना परिचालन गर्न माग गरेका थिए ।





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार १७:३८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया