बारामा थप चार प्रहरीमा कोरोनाभाइरस संक्रमण
प्रतिकात्मक तस्वीर

बारामा एकै दिन थप चार जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि पनि त्यहाँ शनिबार मात्र एक जना प्रहरी जवानमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । 

योसँगै बारामा मात्र कोरोनाभाइरस संक्रमित प्रहरीको संख्या ५ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय, कलैया–१६ घर भएका ३४ वर्षीय, पर्सा घर भएका ३२ वर्षीय र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय प्रहरी कर्मचारी संक्रमित भएका हुन् ।

यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार १७:४५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया