भारतीय ह्याकरले ह्याक गरे नागरिक उड्ड्यन प्राधिकरणकाे साइट

हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको साइट भारतीय ह्याकरले कब्जा गरेका छन् । भारतीय ह्याकरले ‘फिल द पावर अफ इन्डियन ह्याकर’ भन्दै भारतीय झन्डा राखेका छन् ।

नेपालले आफ्नो अतिक्रमित भूभाग समेटेर नक्सा सार्वजनिक गरेसँगै भारतीय ह्याकरहरूले नेपाली साइट ह्याक गर्ने क्रम बढाइरहेका छन् । सोही क्रममा आइतबार प्राधिकरणको साइट ह्याक गरेका हुन् ।

भारतीय ह्याकरले दिनभरजसो आफ्नो कब्जामा लिएका हुन् । अहिले साइट आफ्नो नियन्त्रणमा ल्याउनेक्रम जारी रहेको र केहीबेरमै समस्या समाधान हुने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार १८:४३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया