गाेरखामा भरुवा बन्दुकसहित बाबु छाेरा पक्राउ

अवैध रुपमा भरुवा बन्दुक राखेको आरोपमा बाबु छोरा पक्राउ परेका छन् । धार्चे गाउँपालिका-६ काशिगाउँका मानु घले र उनका छोरा नौबहादुर घलेलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आरुघाट गाउँपालिका-१ नौवनस्थित उनीहरुको गोठमा खानतलासी गर्दा अवैध रुपमा लुकाएर राखिएको भरुवा बन्दुक एक नाल र बन्दुकमा प्रयोग हुने छर्रासहितका सामानहरु फेला परेको डीएसपी वासुदेव खतिवडाले बताए ।

उक्त सामानहरु बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार १९:२६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया