झापाका संक्रमितः पहिलो रिपोर्ट नेगेटिभ आएको थियो, गाउँघर डुलेका थिए

आइतबार कोरोनाभाइरस संक्रमण पुष्टि भएका झापा बाह्रदशी गाउँपालिकाका ४५ वर्षीइ पुरुष चार दिनअघि मात्रै भारतको दिल्लीबाट नेपाल आएको खुलेको छ । 

उनी ७ जेठमा सीमाबाट लुकेर नेपाल प्रवेश गरेका थिए । दिल्ली प्रहरीले नै उनीहरुलाई नेपालको सीमासम्म ल्याएर छाडेको थियो ।

उनी सीमामा सुरक्षाकर्मीको नियन्त्रणमा परेका थिए, नेपाल प्रवेश गरेसँगै । 

७ गतेको साँझमा नै उनलाई प्रहरीले स्थानीय जनप्रतिनिधिलाई जिम्मा लगाएका थिए ।

क्वारेन्टाइनमा लगिएपछि उनको आरडिटी परीक्षण गरिएको थियो । दुवै पटक आरडिटीमा पोजेटिभ आएपछि पिसिआरका लागि नमूना संकलन गरिएको थियो ।

तर, ९ जेठमा उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । यही आधारमा उनलाई घर जान दिइएको थियो । त्यसपछि उनी घर पुगेर गाउँमा आफन्तहरु भेट्न पुगेका थिए । 



तर, १० जेठमा फेरि उनको रिपोर्ट शंकास्पद भएको खबर गरियो । अनि दोस्रो पटक परीक्षण गर्दा उनमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो ।

यी पुरुष पाँच महिनाअघि रोजगारीका लागि दिल्ली गएका थिए । अब उनको कोरोना रिपोर्ट पोजेटिभ आएसँगै घरमा रहेका उनकी श्रीमती र छोरीको पनि टेस्ट गर्ने तयारी अगाडि बढाइएको छ।



  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार २०:१५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया