बाँकेमा थप एक नर्समा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।
योसँगै नेपालमा ६ जना नर्समा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भइसकेको छ ।
शनिबार भेटिएका बाँकेका कोरोनाभाइरस संक्रमितमध्ये सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्ड खटिएकी नर्समा संक्रमण देखिएको हो । उनलाई अब आइसोलेसनमा राखिएको छ ।
शनिबार नरैनापुरमा २७ जनामा कोरोना संक्रमण देखिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।