पर्साको छपकैयाको एक परिवारका सबै कोरोनाभाइरस संक्रमितले कोरोनालाई जितेका छन् । उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि आइतबार साँझ उनीहरुलाई डिस्चार्ज गर्न लागिएको हो ।
यसअघि एकै दिन उनीहरुमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो ।
उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि थिए ।
नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत उनीहरुको रिपोर्ट नेगेटिभ आएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट गर्दै नेपालीहरुले एकपछि अर्को कोरोनाभाइरसलाई पराजित गर्दै जाने कामना पनि गरेका छन् ।
योसँगै नेपालमा कोरोनाभाइरस जित्ने नेपालीको संख्या एक सय कटेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।