बढ्दो छ कोरोना जोखिम, तर उपत्यकामा नै अभाव छ परीक्षण किट

पछिल्ला दिनमा नेपालमा कोरोनाभाइरसको जोखिम झन् बढ्न थालेको छ । प्रत्येक दिन नेपालमा नयाँ संक्रमितहरु भेटिएका छन् । काठमाडौं उपत्यका पनि कोरोनामा जोखिममा रहेको बताइएको छ । तर, काठमाडौं उपत्यकामा नै कोरोना परीक्षण किटको अभाव छ ।

भक्तपुर अस्पतालले किट नभएकै कारण सर्वसाधरणको कोरोना परीक्षण आइतबारबाट नै बन्द गरेको छ ।

भक्तपुर अस्पतालमा दुई तीन दिनदेखि नै किट अभाव भएको व्यवस्थापनले जनाएको छ । त्यसैले, आइतबारबाट भक्तपुरमा उच्च ज्वरो भएकाहरुको मात्र परीक्षण गर्न थालिएको छ । 

स्मरण रहोस्, नेपालमा कोरोनाका लक्षण देखिएका संक्रमितको संख्या चाहिँ निकै कम छ । त्यसैले ज्वरो भएकाहरुको मात्र परीक्षण गर्दा यसले झन् बढी समस्या उत्पन्न गराउने निश्चित छ ।

भक्तपुर अस्पताललाई अस्पताललाई किट जिल्ला जनस्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरले उपलब्ध गराउने गरेको छ । ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट ल्याई जिल्ला जनस्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरले जिल्लामा किट उपलब्ध गराउँदै आएको छ ।

भक्तपुरमा अहिलेसम्म चार जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।





  • प्रकाशित मिति : जेठ १२, २०७७ साेमबार ९:५९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया