थप ७२ जनामा कोरोना पुष्टि, ६७५ जना पुगे

काठमाडौं– नेपालमा थप ७२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ६७५ जना पुगेको छ ।

मन्त्रालयका सहप्रवक्ता ड. समिरकुमार अधिकारीका अनुसार सोमवार पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन् । सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वक्तव्य जारी गर्दै थप सङ्क्रमणको पुष्टि गरेको हो ।

उनीहरूबाट सङ्कलित नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेतमा परीक्षण गरिएको थियो ।





  • प्रकाशित मिति : जेठ १२, २०७७ साेमबार ११:३६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया