कर्णाली प्रदेशमा ११ जना पुगे कोरोनाभाइरस संक्रमित

केहीअघि सम्म एक जना पनि कोरोनाभाइरस संक्रमित नभेटिएको कर्णाली प्रदेशमा एक साता यता नै ११ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । 

आज सोमबार स्वास्थ्य मन्त्रालयले दिएको अपडेटअनुसार कर्णाली प्रदेशमा थप सात जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । योसँगै कर्णालीमा संक्रमितको संख्या ११ पुगेको हो ।

आइतबार नेपालगन्जमा पाँच जना र प्रदेश अस्पताल सुर्खेतमा गरिएको स्वाब परीक्षणमा यी सात जनामा कोरोनाभाइरस संक्रमण रहेको पुष्टि भएको हो । 

उनीहरु सबै दैलेख जिल्लाका हुन् । 

ती मध्ये नेपाललगञ्जबाट पुष्टि भएकामा दैलेख जिल्लाको नारायण नगरपालिकाका वर्ष १५ र २८ का पुरुष रहेका छन् । यस्तै ढुङ्गेश्वर गाउँपालिकाका २९ र २७ वर्षका पुरुष तथा २५ वर्षकी महिला रहेकी छन् । दैलेखकै गुराँस गाउँपालिकाका २४ र ३५ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भएका सबैलाई अब अस्पतालको आइसोलेसनमा राखिएको छ ।





  • प्रकाशित मिति : जेठ १२, २०७७ साेमबार १४:४०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया