जापानमा राष्ट्रिय संकटकाल हटाउने तयारी

जापान सरकारले यसअघि कोरोनाभाइरस महामारीका कारण लगाएको राष्ट्रिय आपतकाल हटाउने तयारी गरेको छ । योसँगै अब त्यहाँ लकडाउन पनि खुकुलो बनाइने भएको छ । 

अनि विभिन्न आर्थिक गतिविधि पनि अब विस्तारै खुलाउने तयारी गरिएको छ ।

तर, जापानको राजधानी टोकियो र अन्य केही क्षेत्रमा चाहिँ केही समयका लागि लकडाउन जारी राख्ने योजना ल्याइएको छ ।

अन्य ठूला देशको तुलनामा जापानले कोरोनाभाइरस महामारीलाई निकै राम्रो तरिकाले नियन्त्रण पनि गरेको छ । सोमबार विहानसम्म जापानमा १६ हजार ५ सय ५० जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । जापानमा अहिलेसम्म ८ सय २० जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : जेठ १२, २०७७ साेमबार १४:४५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया