भारतले उद्धार गर्यो चार नेपाली विद्यार्थी

भारतले अष्ट्रेलियाको सिड्नीबाट तीन र इन्डोनेसियाबाट एक नेपाली विद्यार्थीको उद्धार गरेको छ ।

भारतीय दूतावासले जनाएअनुसार कास्की घर भएका एकै परिवारका तीन जनाको सिड्नीबाट उद्धार गरिएको हो । उनीहरुलाई अहिले भारतको नयाँ दिल्ली ल्याइएको छ । 

उनीहरु उपचारका लागि दिल्ली आएका हुन् । एक जनाको बोनम्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने भएपछि उनीहरु त्यहाँ आइपुगेको दूतावासले जनाएको छ । उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको र दिल्लीको बिएलके अस्पतालमा उनीहरु भएको बताइएको छ ।

यस्तै, चितवन रत्ननगर–९ की सेविका ढकाललाई गत शुक्रबार उद्धार गरिएको हो । उनी भारतकै हरियाणा राज्यको महाऋषि मार्कण्डेय विश्वविद्यालयमा अध्ययनरत थिइन् । बीबीए दोस्रो सेमेस्टरमा अध्ययनरत उनलाई कलेजले इन्डोनेसियाको एयरलंगा विश्वविद्यालयमा तीनमहिने ‘एक्स्चेन्ज कार्यक्रम’ अन्तर्गत पठाएको थियो । ढकाललाई इन्डोनेसियामा रहेको नेपाली दूतावाससँगको समन्वयमा उद्धार गरिएको हो ।





  • प्रकाशित मिति : जेठ १२, २०७७ साेमबार १५:४०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया