Sun, 12 Jul, 2020


थप ६ जनामा कोरोनाभाइरस संक्रमण
फरकधार / जेठ १२, २०७७

नेपालमा थप ६ जना कोरोनाभाइरस संक्रमण थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ सय ८१ जना पुगेका छन् । 



स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार नेपालमा सोमबार थप ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 

सोमबार विहान मात्र नेपालमा ७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा सोमबार मात्र ७८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

डा. विकास देवकोटाले नेपालमा कोरोनाका कारण चौथों मृत्यु पनि पुष्टि गरेका छन् ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्