काेराेना जितेर नारायणी अस्पतालबाट थप ४३ जना डिस्चार्ज

वीरगंजको नारायणी अस्पतालको आइसोलेशन वार्डबाट सोमबार पनि ४३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा पर्साका दुईजना सञ्चारकर्मीसमेत रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार कोरोनामुक्त भएका सबैलाई लागातार दुई पटकको पिसिआर जाँचमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले अस्पतालमा उपचाररत सबै कोरोना संक्रमितहरु संक्रमण मुक्त भएपछि अस्पतालमा अब कोरोनाका बिरामी नरहेको बताए । अस्पतालमा १८ बर्षदेखि ५४ बर्ष उमेर समुहका ४३ जनालाई सोमवार डिस्चार्ज गरिएको कोरोना डा. उपाध्यायले जानकारी गराए । यसअघि शनिवार ९ जनालाई र आइतवार १८ जनालाई  लागातार डिस्चार्ज गरिएको थियो ।

दुई  दिन पहिलेको उनीहरूको स्वाब नमूना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । ४८ घण्टापछि सोमवार बिहान पुनः नारायणी अस्पतालस्थित पिसिआर ल्याबको रिपोर्ट पनि नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको उनले बताए । डिस्चार्ज भएका ४४ जनामा दुईजना पत्रकारसहित पर्सा, बारा र सर्लाहीका बासिन्दा बाहेक एकजना भारतीय नागरिक पनि छन् । 





  • प्रकाशित मिति : जेठ १३, २०७७ मंगलबार ४:५७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया