करण जौहरको घरमा भेटिए कोरोना संक्रमित, आइसोलेसनमा करण

बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जौहरको घरमा काम गर्ने दुई जना स्टाफमा कोरोनाभाइरस संक्रमण पाइएको छ । 

यो जानकारी स्वयं करणले दिएका हुन् । 

योसँगै करण पनि अब आइसोलेसनमा गएका छन् । उनले आफ्नो घरमा पाइएका कोरोना संक्रमितलाई आइसोलेसनमा राखिएको बताएका छन् । अनि उनी बस्ने भवनलाई पूरै स्यानिटाइज गरिएको छ ।

उनले ती दुई स्टाफबाहेक सबैको कोरोनाभाइरस परीक्षण गरिएको तर सबैको नेगेटिभ आएको पनि बताएका छन् । ‘छिमेकीको सुरक्षाका लागि हामी १४ दिन आइसोलेसनमा जाँदै छौँ,’ करणले लेखेका छन् ।





  • प्रकाशित मिति : जेठ १३, २०७७ मंगलबार ५:१५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया