डब्लूएचओले रोक्यो कोरोनाविरुद्ध ट्रम्पले सिफारिस गरेको हाइड्रोक्सिक्लोरोक्विनको प्रयोग

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरस संक्रमितमा हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगबारे जारी गरिएको क्लिनिकल ट्रायललाई अहिलेका लागि रोक्ने फैसला गरेको छ ।

संगठनका निर्देशक डा. टेड्रोस एडहनमले सोमबार यो औषधी कति सुरक्षित छ भन्ने विषयमा पहिले अध्ययन हुने बताएका छन् । उनले यो औषधीको विश्वभर भइरहेको प्रयोगको विषयमा पनि विश्लेषण गरिने बताएका छन् । उनले हाइड्रोक्सिक्लोरोक्विन औषधी मलेरियाका बिरामीमा प्रयोग गरिने तथ्य रहेको पनि बताएका छन् । तर, कोरोनाका लागि यो औषधी प्रयोग भएकोमा उनले चिन्ता व्यक्त गरेका छन् ।

जर्नल ल्यासेन्टमा प्रकाशित भएको एक रिपोर्टमा हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगले कोरोना संक्रमितको मृत्युको खतरा झन् बढाएको उल्लेख गरिएको थियो । डा. टेड्रोसले यस विषयमा पनि जनाकारी दिएका छन् । 

अर्कोतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ यो औषधीको प्रयोगका लागि बारम्बार प्रोत्साहित गरिरहेका छन् । 

उनी आफैंले पनि यो औषधी खाइरहेको बताएका थिए । 

तर, यो औषधीले कोरोनालाई ठिक हुने अहिलेसम्म कुनै प्रमाण छैन । मार्चमा यो औषधी निर्यातका लागि भारतमा लगाइएको प्रतिबन्ध हटेको थियो । यो प्रतिबन्ध हटाएपछि भारतले नेपालमा पनि यो औषधी पठाएको थियो । यो प्रतिबन्ध हट्नुमा चाहिँ ट्रम्पको भारतमाथि ठूलो दबाब थियो ।





  • प्रकाशित मिति : जेठ १३, २०७७ मंगलबार ५:३१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया