दैलेखमा भारतबाट ४२ हजार आउने अनुमान

कामको सिलसिलामा भारत गएकामध्ये ४२ हजार नेपाली नागरिक दैलेख भित्रिने आकलन गरिएको छ । सोमबारसम्म पाँच हजार एक सय ७३ जना जिल्ला भित्रिसकेका छन् ।जिल्ला प्रशासन कार्यालय दैलेखले सो संख्याको आकलन गर्दै सबैलाई सुरक्षित क्वारेन्टाइनमा राख्न पूर्वतयारी थाल्न स्थानीय तहलाई आग्रह गरेको छ ।

हरेक स्थानीय तहले सामाजिक सञ्जालमार्फत आफ्ना नागरिकलाई नेपाल आउन आग्रहसमेत गरेपछि दैलेख भित्रिनेको संख्या दैनिक एक हजारले वृद्धि भएको छ । भारतबाट फर्किएकामध्ये आठजनामा कोरोना संक्रमण देखिएपछि दैलेखमा स्वास्थ्य सुरक्षा चुनौती बढेको छ । आएकामध्ये कसैको पनि कोरोना चेकजाँच नभएकाले दैलेख कोरोनाको उच्च जोखिममा परेको भन्दै जिल्लावासी त्रसित हुन थालेका छन् ।  जिल्ला प्रशासन कार्यालयले दैनिक दुई हजार मानिस जिल्ला प्रवेश गरेको जानकारी दिएको छ ।आजकाे नयाँ पत्रिकामा समाचार छ ।

दैलेखको डुंगेश्वर गाउँपालिकामा आमाबाबुमा कोरोना संक्रमण देखिए पनि ती दम्पतीका एकवर्षे छोराको रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार भारतबाट आएका सबैको आरडिटी परीक्षण गरिएको थियो । तीमध्ये दम्पतीको रिपोर्ट पोजेटिभ देखिएपछि बालकसहित आमाबाबुको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि सुर्खेत पठाइएको थियो ।

सुर्खेत प्रयोगशाला हुँदै नेपालगन्ज पठाइएको स्वाबको पिसिआर परीक्षणमा आमाबाबुको पोजेटिभ र एकवर्षे बालकको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरूलाई दैलेखको सरस्वती मावि तर्तांगमा निर्माण गरिएको आइसोलेसन वार्डमा राखिएको छ ।





  • प्रकाशित मिति : जेठ १३, २०७७ मंगलबार ५:४३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया