कोरोना अपडेटः १० देश जहाँ सबैभन्दा धेरै कोरोना संक्रमित छन्

विश्व अहिले कोरोना महामारीसँग लडिरहेको छ । जोन्स हप्किङ्स विश्वविद्यालयका अनुसार अब अमेरिकामा कोरोनाभाइरसका कारण ९८२१८ जनाको निधन भइसकेको छ । त्यहाँ १६ लाख ६२ हजारभन्दा धेरै मानिस कोरोना संक्रमित छन् । 

पूरै विश्वमा चाहिँ अब कोरोनाभाइरस संक्रमितको संख्या ५४ हजार ७१ लाख पुगेको छ । कोरोनाका कारण विश्वभर ३ लाख ४५ हजार ९ सय ६२ मृत्यु भइसकेको छ ।

स्पेनमा पछिल्लो समय कोरोनाका कारण हुने मृत्युको तथ्यांक सच्चाएको छ । एकपटक दुई दिनसम्म २ हजार मानिसलाई दुई पटक गनिएको भन्दै स्पेनले यो संख्या घटाएको हो । अब स्पेनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २६ हजार ८ सय ३४ पुगेको छ । यसअघि स्पेनमा २८ हजार ७ सय ५२ जनाको निधन भएको भनिएको थियो ।

अहिले विश्वका १० देश जहाँ सर्वाधिक कोरोनाभाइरस संक्रमित छन्–

अमेरिकाः कूल संक्रमित १६६२३७५, मृत्युः ९८२१८

​ब्राजिलः कूल संक्रमित ३७४८९८, मृत्युः २३४७३



रुसः कूल संक्रमित ३५४४२७, मृत्युः ३६३३

बेलायतः कूल संक्रमित २६२५४७, मृत्युः ३६९९६



स्पेनः कूल संक्रमित २३५४००, मृत्युः २६८३४

इटालीः कूल संक्रमित २३०१५८, मृत्युः २८४६०

जर्मनीः कूल संक्रमित १८०६००, मृत्युः ८३०९

टर्कीः कूल संक्रमित १५७८१४, मृत्युः ४३६९

भारतः कूल संक्रमित १४४९५०, मृत्युः ४१७२

  • प्रकाशित मिति : जेठ १३, २०७७ मंगलबार ६:३४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया