के अब सरकारले लकडाउन खुकुलो बनाउँदै छ ?

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनको आज ६४ औं दिन पुगेको छ । सुरुमा ११ चैतमा लगाइएको लकडाउन लम्ब्याएर २० जेठसम्मका लागि लकडाउन कायम राखिएको छ ।

तर, अब देशमा विस्तारै लकडाउन खुकुलो बनाउने तयारी चलेको छ । 

पछिल्लो समय लकडाउनका कारण पूरै अर्थतन्त्रमा समस्या परेको भन्दै यस्तो तयारी भएको हो ।

सरकारले अब लकडाउनलाई केही खुकुलो बनाएर उद्योग तथा विकास निर्माणका कामहरूलाई सन्चालन गर्ने तयारी गरेको हो । यसको संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा गरेको सम्बोधनमा पनि छनक पाइएको थियो । 

सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र चलायमान बनाउन र आपूर्ति प्रणालीमा सहजता ल्याउन उद्योग खोल्न अनुमति दिइने बताएका थिए ।

तर, यसरी उद्योग खोल्दा आफ्ना कामदारलाई समुदायमा छ्यासमिस हुन नदिने जिम्मेवारी चाहिँ उद्योगहरूले नै लिनु पर्ने भएको छ । प्रधानमन्त्री ओलीले विभिन्न जिल्लाबाट आउने कामदारलाई पहिले कोरोना परीक्षण गराइने पनि बताएका छन् ।



यस्तै अब विकास निर्माणका काम पनि चल्ने प्रधानमन्त्रीले सङ्केत गरेका छन् । 

उनले कोरोना महामारीबीच पनि केही ठूला उद्योग तथा विकासको काम भइरहेको बताएका छन् । त्यस्तै, अब विस्तारै यो समस्याबाट बाहिर आउन सबैले प्रयास गर्ने पनि उनले बताएका छन् । 



  • प्रकाशित मिति : जेठ १३, २०७७ मंगलबार ६:३४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया