कर्णालीमा मात्रै थपिए १२ कोरोनाभाइरस संक्रमित

कर्णाली प्रदेशमा मंगलबार विहान १२ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । योसँगै अब कर्णालीमा कोरोनाभाइरस संक्रमितको संख्या २३ पुगेको छ ।

कर्णाली प्रदेशमा नौ दिनअघि पहिलो कोरोनाभाइरस संक्रमित भेटिएका थिए । 

सोमबारसम्म त्यहाँ ११ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । मंगलबार विहान थप १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । यो सुर्खेतका विभिन्न क्वारेन्टाइनमा बसिरहेकाहरुको रिपोर्ट आएको हो । 

मंगलबार बिहान रिपोर्ट पोजेटिभ आएका १२ जनामध्ये १० जना वीरेन्द्रनगर नगरपालिकाका र २ जना सिम्ता गाउँपालिकाका छन् । यो सँगै सुर्खेतमा कोरोना संक्रमित हुनेको संख्या १५ पुगेको छ । कर्णाली प्रदेशको दैलेखमा ८ जना कोरोनाभाइरस संक्रमित भेटिइसकिएका छन् ।





  • प्रकाशित मिति : जेठ १३, २०७७ मंगलबार ६:४९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया